punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओमिक्रोन भेरियन्ट विश्वभर फैलिने सम्भावना उच्च छ : डब्ल्यूएचओ

Chaupati
safha napa

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भेरियन्ट विश्वभर फैलिने संभावना रहेको भन्दै सबै सदस्य राष्ट्रलाई आवश्यक तयारीका लागि अपिल गरेको छ ।डब्ल्यूएचओले ओमिक्रोन भेरियन्ट विश्वभर फैलिन सम्भावना रहेको र यसका लागि तयारी अवस्थामा रहन आफ्ना १९४ सदस्य राष्ट्रहरूलाई आव्हान गरेको हो । जोखिममा रहेका समूहलाई खोप लगाउने कार्य बढाउनु पर्ने समेत डब्ल्यूएचओको भनाइ छ ।

सोमबार नयाँ भेरियन्टबारे प्राविधिक ब्रिफिङ गर्दै डब्ल्यूएचओले भनेको छ, ‘ओमिक्रोन भेरियन्टबाट उत्पन्न हुन सक्ने विश्वव्यापी जोखिम निकै उच्च रहेको मूल्यांकन गरिएको छ ।’‘ओमिक्रोनको स्पाइकमा हुने उत्परिवर्तन संख्या अभूतपूर्व रहेको’ र महामारीलाई थप लम्ब्याउन सक्ने सम्भावनाका कारण यस्तो उत्परिवर्तन ‘चिन्ताको विषय भनेको’ पनि डब्ल्यूएचओको भनाइ छ ।

त्यस्तै, ओमिक्रोनसहित सबै कोरोना भेरियन्टमाथि निगरानी बढाउन र चाँडोभन्दा चाँडो खोप लगाउने कार्यलाई तीब्रता दिन समेत डब्ल्यूएचओले अपिल गरेको छ ।खोप अभियानमा विशेषगरी जोखिममा रहेका समूहलाई उच्च प्राथमिकता दिनुपर्ने र महामारीविरुद्धको लडाइँमा मास्क प्रयोग तथा भौतिक दूरी कायम गर्ने कुरा महत्वपूर्ण हुने पनि डब्ल्यूएचओको भनाइ छ ।

शुरुमा दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन हालसम्म ११ मुलुकमा फैलिइसकेको छ । नयाँ भेरियन्ट पत्ता लागेसँगै जापान र इजरायलले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएका छन् ।डब्ल्यूएचओले खोपबाट प्राप्त हुने रोगप्रतिरोधी क्षमता छल्न सक्ने ओमिक्रोनको सामर्थ्य बुझ्न थप अनुसन्धान गर्नुपर्ने भन्दै आगामी केही हप्ताभित्र थप प्रमाण प्राप्त हुने अपेक्षा समेत गरेको छ ।


१३ मंसिर २०७८, सोमवार १६:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु