punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पशुपतिशम्शेर जबरा राप्रपा अध्यक्षमा नउठ्ने

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन् ।उनले आफूनिकट नेताहरुसँग आफू अध्यक्ष पदमा नउठ्ने बताएका छन् । जबरा निकट एक नेताका अनुसार उनले सोमबार साँझसम्म आफू अध्यक्षमा नउठ्ने औपचारिक घोषणा गर्नेछन् ।

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिक कार्यक्रम मार्फत नै उम्मेदवारी घोषण गरिसकेका छन् । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहेका छन् ।

तर जबराले भने बुढ्यौली र पार्टीमा सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्ने उद्देश्यले उम्मेदवारी नदिने बताएका उनी निकट नेताले बताए ।‘४÷४ जना उम्मेदवार भए, अब ८० ९वर्ष० तिर टेक्न लागेँ । सर्वसम्मति गरुन् भनेर मार्गप्रशस्त गर्न लागेको हुँ’ जबराको भनाइ उधृत गर्दै ती नेताले भने ।


१३ मंसिर २०७८, सोमवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु