लागुऔषध सहित १ जना पक्राउ

कैलाली प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ सिमतडी घर भई हाल टिकापुर नगरपालिका वडा नं. १ जमरापारीमा घोडाघोडी वर्कसप संचालन गरी बस्ने वर्ष २६ का उमेश चौधरी छन् ।

शुक्रबार दिउँसो ३ बजे लागुऔषधको कारोबार भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई प्रक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ५ ग्राम ७६० मिलिग्राम लागुऔषध बरामद गरेको जनाएको छ । उनीमाथि प्रहरीले औषध शीर्षक मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।


११ मंसिर २०७८, शनिवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु