सेती अस्पतालमा थप ४ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५४ नमुना परिक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २४ घण्टामा १ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा ४ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।


११ मंसिर २०७८, शनिवार १३:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु