मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले आउँदो १७ गतेदेखि पालिकाहरूको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।

आयोगले अहिले सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीका लागि नाम दर्ता तथा फोटो खिचाउने काम गरिरहेको छ । आयोगले मङ्सिर १७ देखि पालिकाको केन्द्रमा टोली पठाएर नामावली सङ्कलन गर्न लागेको छ ।

हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिन र तराईका जिल्लामा १५ दिनसम्म टोली रहनेछ । निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय रहेका ६ सय ३७ पालिकामा टोली पठाउन लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसैबीच आयोगले १६ वर्ष उमेर पूरा भइ नेपाली नागरिकता प्राप्त गरेका सबैलाई नाम दर्ता गराउन आग्रह गरेको छ । मतदाता नामावलीमा १८ वर्ष पूरा भएपछि मात्र नाम समावेश हुने भएपनि आयोगले १६ बर्ष पुगेका सबैको नाम दर्ता गराउँदै आएको छ ।

यस्तै मङ्सिर १७ गतेदेखि आफ्नो नागरिकता भएको भन्दा अर्को जिल्लाबाट पनि नामावली सङ्कलन गर्न सकिने आयोगले जनाएको छ ।


६ मंसिर २०७८, सोमवार १९:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु