प्रचण्ड–विप्लवबीच गोप्य बार्ता, भयो यस्तो सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

गएराति प्रचण्ड निवास खुमल्टारमा प्रवक्ता कृष्णबहादुर महरासिहत ३ नेताको भेटवार्ता भएको हो । दुई पार्टीबीच सहकार्य गर्दै जाने विषयमा सकारात्मक छलफल भएको स्रोतले बतायो ।

दुइपार्टीको नेताहरूको एक्लाएक्लै भेट गरौं र सहकार्य तथा एकताको पहल गरौं भन्ने अध्यक्ष प्रचण्डको प्रस्तावमा नेता चन्द सहमत भएपछि भेटघाट सफल भएको हो ।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् ।

छलफलमा दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा सकारात्मक छलफल भएको एक नेताले बताए ।

तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारसँग २०७७ फागुन २१ गते पार्टी कार्यकर्ता छोड्ने लगायतका तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए ।


४ मंसिर २०७८, शनिवार १५:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु