punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेमौसमी वर्षातले कुहियो खर, किसान चिन्तित

Chaupati
safha napa

बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गाइभैँसीको लागि खर ९गाज्यो० काटेर थुपार्ने गर्दछन् ।यस वर्ष आएको बेमौसमी वर्षातले थुपारेको सबै खर कुहिएपछि किसान चिन्तित बनेका छन् ।खरलाई स्थानीय भाषामा गाज्यो भन्ने गर्दछन् ।

हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर वनजंगल र घर नजिक थुपार्ने गरिन्छ । वर्षात सकिएपछि महिलाहरु आ आफ्नो भोगचलन गर्दै आएको बनमा गएर खर काट्ने गर्दछन ।

आफ्नो भोगचलन गर्दै आएको बनमा रहेको हरियो घाँस काटेर घाममा सुकेपछि मात्र त्यसलाई खर भन्ने गर्दछन् । हरियो घाँस काटेर दुई दिनसम्म घाममा सुकाएर खर बनाएपछि रुखमा थुपार्ने गर्दछन् ।

यस वर्ष कात्तिक पहिलो साता तिर परेको बेमौसमी अबिरल वर्षाले थुपारेको सबै खर कुहिएको छ । थुपारेको सबै खरभित्र पानी पसेपछि कुहिएको बैतडीकी हरिना साउँदले बताइन् । ‘पानीले सबै गाज्यो कुहियो कामै नलाग्ने भएको छ अब गाईवस्तु के खानेहुन भोक भोकै मर्ने भए’ उनले भनिन् ।

हरिनाको जस्तै चिन्ता सबै महिलाहरुको रहेको छ । महिलाहरु असोज पहिलो सातादेखि खर काटन शुरु गर्दछन् । दशंैतिहारमा याहाँका महिलाहरुलाई खर काट्न भ्याई नभ्याई हुन्छ । दशैंभन्दा पनि खर थुपार्ने चटारो यहाँका महिलामा हुन्छ ।

थुपारेको केहि खर पहिरोले पनि बगाएको छ । पहिरोले नबगाई बाँकी रहेको थुपारेको खर कुहिपछी अहिले महिलाहरु हिउँदमा गाईवस्तुलाई के खुआउने भन्ने चिन्तामा रहेका छन् ।

यहाँका केहि महिलाहरुले खर विक्री गरेरनै घरखर्च चलाउने गर्दछन् । महिलाहरु आफ्नो प्राणको बाजी लगाएर भिरपाखाबाट काटेर राखेको खर वर्षातले कुहिँदा वर्षभरी गाईभौँसीलाई के खवाउँने भन्ने चिन्ता उनीहरुमा थपिएको छ ।


१ मंसिर २०७८, बुधवार १०:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु