काँग्रेस अधिवेशन : मोहन्याल गाउँ कार्यसमितिको सभापतिमा साउँद विजयी
नेपाली काँग्रेस मोहन्याल गाउँ कार्यसमितिको सभापतिमा कमल बहादुर साउँद विजयी भएका छन् ।कमल बहादुर शाह निकट प्यानलका सभापतिका उम्मेदवार प्रेमबहादुर गुच्चामगरलाई ४८ मतान्तरले पछि पादै राठौर निकट प्यानलको तर्फ बाट सभापतिका उम्मेदवार कमलबहादुर साउँद ७५ मतले विजयी भएका सहायक निर्वाचन अधिकृत अर्जुनप्रसाद उपाध्यायले जानकारी दिए । गुच्चा मगरले भने २७ मत मात्र प्राप्त गरेको बताइएको छ ।
यसै गरी उपसभापतिमा मानबहादुर मास्की र अशोक थापा, सचिवमा भरत शाही र शेरबहादुर खत्री, सहसचिवमा टेकबहादुर घर्ती र युवराज शर्मा सहित सदस्यहरू समेत राठौर प्यानल बाट निर्बाचित भएको बताइएको छ ।
१ सय १० जना मतदाता रहेको महोन्यालमा सम्पन्न मतदानमा १०८ मत खसेका थिए । १ मत बदर भएको सहायक निर्वाचन अधिकृत अर्जुनप्रसाद उपाध्यायले बताए ।
३० कात्तिक २०७८, मंगलवार १८:०७ बजे प्रकाशित































