punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विप्लवको नेपाल बन्द खुल्यो

Chaupati
safha napa

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द खुलेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरेको थियो।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल बन्द अनुरुप धनगढी बजारमा विरोध प्रदर्शन गरेको हो। अहिले ५ बजे देखि भने सम्पूर्ण क्षेत्र खुल्ला गरेको पार्टीका जिल्ला सचिव दिपेन्द्र चलाउनेले बताए। आज बिहानदेखि बन्द रहेका सबै ठाउँ खुल्ला गरेको पार्टीले जनाएको छ।

बन्दका बेला निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु चल्न दिइएको थियो। बन्दका कारण धनगढीसहितका विभिन्न ठाउँमा बिहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका थिए। त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको थियो।


३० कात्तिक २०७८, मंगलवार १८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु