punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुनर्वासमा विप्लवको महिला संघ र मजदुर संघ गठन

Chaupati
safha napa

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कञ्चनपुरको पुनर्वास वडा नम्बर ४ मा अखिल नेपाल महिला संघ र मजदुर संघको वडा कमिटी गठन गरेको छ । पुनर्वास–४ मा एक कार्यक्रम गरी ललिम तिरुवाको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल महिला सँघ (क्रान्तिकारी)को वडा कमिटि गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा सरिता चौधरी, सचिवमा निर्मला जोशी चयन भएका छन् । सदस्यमा ममता टमटा, कमला बिक, गंगा लुहार, हिमा खुलाल, कुमारी डँगौरा रहेका छन् । अखिल नेपाल मजदुर संघ(क्रान्तिकारी)_ को वडा कमिटी समेत गठन गरेको छ । हरी नेपालीको अध्यक्षतामा १० सदस्यीय मजदुर संघ गठन भएको छ ।

उपाध्यक्षमा रिता टमटा, सचिवमा धर्म उपाध्याय, सहसचिवमा जुना सुनारलाई चयन गरिएको छ । त्यसैगरी सदस्यमा खडक सुनार, नर बहादुर बिक, सीतादेबी कामी, पबित्रा सुनार, चन्द्रकला कामी र सावित्री भट्ट रहेका छ ।

अखिल नेपाल मजदुर संघ(क्रान्तिकारी) पुनर्वास नगर कमिटिको आयोजनामा भएको कार्यक्रममा अखिल नेपाल मजदुर संघ (क्रान्तिकारी) का केन्द्रीय सदसय कमल पण्डित, पुनर्वास बेलौरी ईन्चार्ज बिर्ख बिक(बिद्रोही), फौज बहादुर रसायली, ईश्वरी उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।


३० कात्तिक २०७८, मंगलवार १६:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु