भारतबाट चोरी गरेर आएका दुई पक्राउ
भारतको बेङलोरबाट सुनका गरगहना सहित नगद रकम चोरी गरेर आएका बेलौरी नगरपालिका-१ पटैयाका दुईजनालाई गतराति प्रहरीले पक्राउ गरेको छ।भारतीय प्रहरीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट ठूलो मात्रामा सुनचाँदीका गरगहना र लाखौं नगद रकम बरामद गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाससिंह विष्टले बताए।
चोरी गरेर ल्याएका गरगहना र नगद रकमको सूची बनाउने कार्य भइरहेको उनले बताए।काम गर्दै आएका भारतीय व्यापारीको घरबाट दुवैजनाले गहना र नगद रकम चोरी गरी ल्याएको हुन सक्ने बताइएको छ।
३० कात्तिक २०७८, मंगलवार १४:३० बजे प्रकाशित































