punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इजलास फर्किए आन्दोलनरत न्यायाधीश

Chaupati
safha napa

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीश इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आएका केहि न्यायाधीशहरूले सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका हुन् ।

न्यायाधीशहरु न्यायाधीश बमकुमार श्रेष्ठ, कुमार चुडाल‚ प्रकाशकुमार ढुङ्गाना‚ कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदी इजलास फर्किएर बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइमा सहभागी भएका हुन् ।

प्रधानन्यायाधीश जबराले यसअघिको सहमति उल्लंघन गरेर इजलास गठन गरी पेसी तोकेको भन्दै सर्वोच्चका न्यायाधीशहरु सोमबार बिहान बेग्लै छलफलमा जुटेका थिए ।यसअघि अर्का न्यायाधीश चुडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गरिसकेका छन् ।


२२ कात्तिक २०७८, सोमवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु