punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा पुग्यो स्वास्थ्य सामग्री

Chaupati
safha napa

डोटी,चैत्र २६ । क्वारेन्टाईनमा राखिएकाको नमूना संकलन गर्नको लागि प्राविधिकहरुको टोली आवश्यक स्वास्थ्य समाग्री सहित बुधबार विहान डोटी पुगेको हो।

डोटी जिल्लाबाट निर्वाचित प्रतिनिधी सभाका सांसद प्रेम आले मगरको पहलमा जिल्लाका ५ वटा स्थानमा कोरोना परिक्षणका लागि स्वाव संकलन गर्न आज मेडिकल सामग्री पठाईएको हो।

सांसद आले मगरको यस सहयोगबाट दूर्गम स्थानमा पनि कोरोना संक्रमित पत्ता लगाउन ठूलो सहयोग पुग्ने सांसद प्रेम आले मगरका स्वकिय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

उनका अनुसार सय थान पीपीइ, ३५ जोडा गम्बुट, एक हजार थान हेडक्याप, एक हजार दुई जोडा ग्लोब्स, एक हजार जोडा फुट क्याप, एक हजारदुई सय ५० थान मास्क, दुई सय बोतल सेनिटाईजर, ३० बोतल साईरेक्स पाउडर सहितका सामग्री प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको बताए ।


२६ चैत २०७६, बुधवार १०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु