punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाउँ गाउँमा कोरोनाको सन्त्रास,आवतजावत रोक्न पुल नै भत्काइयो

Chaupati
safha napa

बाजुरा, चैत्र २६ ।
चीनबाट सुरू भइ विश्वभर फैलिरहेको कोरोना भाइरस रोक्न अधिकांश देशमा लकडाउन लगायत त्यहाँको सरकाले विभिन्न उपाय अपनाएको छ। सोही क्रममा नेपालमा पनि सरकारले देशैभर लकडाउन घोषणा गरी पूर्ण पालना गराउन विभिन्न उपाय अपनाएको छ।

पछिल्लो समय गाउँ गाउँमा विदेशबाट मानिसहरू फर्किन थालेपछि कोरोनाको त्रास बढेको छ। सोही क्रममा सुदूरपश्चिम प्रदेशमा एकै दिन तीनजनामा कोरोना पोजेटिभ देखिएपछि ग्रामीणस्तरमा त्रास बढेको स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ। ।

त्योसँगै सुदूरपश्चिम प्रदेश सरकारले ‘लकडाउन’ मा थप कडाई गरेको छ । लकडाउन कडाई गर्न अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल मेल्लेख गाउँपालिकाले भत्काइ दिएको छ।

लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जना रोक लगाएको छ। तर ग्रामीण भेगमा यसको कुनै असर परेको छैन। मानिसको आवत(जावत नरोकिएपछि मेल्लेख गाउँपालिकाले सीमा जोड्ने पुल नै भत्काइ दिएको हो।

बाजुरा अछाममा भारतबाट आएका धेरै मानिस गाउँमा खुलेयाम घुमिरहेका छन् । भारतबाट आएका सुदूरपश्चिमकै दुई जनामा कोरोना पोजेटिभ देखिएको छ।अहिलेसम्म सुदूरपश्चिममा ४ जनामा कोरोना संक्रमण देखिसकेको छ।उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।पुलका नट पुनस् मिलाउने गरी खोलेको बताइएको छ।


२६ चैत २०७६, बुधवार १०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु