नेपालमा हालसम्म कोरोनाविरुद्धको कति डोज खोप वितरण भयो ? यस्तो छ तथ्यांक
नेपालमा हालसम्म कोरोनाविरुद्धको एक करोड ६१ लाख ७१ हजार ३२९ डोज खोप वितरण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यसमध्ये पहिलो डोज प्राप्त गर्ने नागरिकको संख्या ८७ लाख ३६ हजार ५३२ छ । यस्तै, दोस्रो डोज खोप लगाउनेको संख्या ७४ लाख ३४ हजार ७९७ छ ।
पछिल्लो २४ घण्टामा एक हजार ९८५ जनाले खोप प्राप्त गरेका छन् । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन्स एन्ड जोन्सन्स, जापानी एस्ट्राजेनेका र स्विडिस एस्ट्राजेनेकाको खोप वितरण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२१ कात्तिक २०७८, आइतवार १८:११ बजे प्रकाशित































