punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बस दुर्घटना : आठ जनाको मृत्यु‚ २६ घाइते

Chaupati
safha napa

सल्यानमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु र २६ जना घाइते भएका छन्।सल्यानको जयत पानीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाका अनुसार कपुरकोट गाउपालिका–५ खारखोलामा दुर्घटना भएको हो।

दुलधारा, खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जाँदै गरेको बिहान बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

घाइतेहरुको उद्धार गरेर उपचारका लागि श्रीनगर र केहीलाई तुलसीपुर पठाइँदै गरेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयद्वारा उद्धार जारी रहेको छ।

 


२१ कात्तिक २०७८, आइतवार १३:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु