punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि उच्च सतर्कता

Chaupati
safha napa

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ। भारतका स्वास्थ्य अधिकारीहरूले ती क्षेत्रमा केही समयअघिदेखि जिका भाइरसको संक्रमण बढ्दो अवस्थामा देखिएको बताएका छन्।

उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेश राज्यमा ४३ जनामा भाइरसको संक्रमण देखिएको थियो। उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई सातामा ७९ जनामा संक्रमण देखिएको छ।

दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि उक्त भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले सतर्कता अपनाएको बताए। उनले यहाँका सबै सरकारी अस्पतालहरुमा यो भाइरसका संक्रमितको उपचारको व्यवस्था गरिएको बताए।एजेन्सी


२१ कात्तिक २०७८, आइतवार १३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु