punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा मूल गणनाको तयारी पूरा

Chaupati
safha napa

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत दार्चुलामा पनि यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म मूल गणना हुने भएको छ। यसका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी पदम राज पाण्डेले जानकारी दिए ।

१ सय ८३जना गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरी आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइसकिएको र उनीहरुसँगै ४९जना सुपरीपेक्षक पनि सहभागी हुने भएका छन्।

चार दिनको तालिममा गणकहरूलाई मूल गणनाका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिइएको र जनगणनालाई प्रभावकारी बनाउन सबै तयारी पूरा भएको जनाइएको छ। जिल्ला जनगणना कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिकामा सबै भन्दा बढी ३८ जना गणक छनोट भएका छन् ।

यस्तै शैल्यशिखर नगरपालिकामा ३१ जना, व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा समान १३र१३ जना, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र नौगाड गाउँपालिकामा पनि समान २०र२० जना, मार्मा गाउँपालिकामा १९ जना र अपिहिमाल गाउँपालिकामा ९ जनागरी जिल्लाभरीबाट १ सय ८३ जनाको नाम सार्वजनिक गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका जिल्ला जनगणना अधिकारी पदम राज पाण्डेले जानकारी दिए ।गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना सङ्कलन गर्ने बताइएको छ।

असीवटा प्रश्नसहित गणक घरघरमा पुग्ने भएकाले सही सूचना दिन पनि सबैसँग आग्रह गरिएको छ।जनगणनालाई प्रभावकारी बनाउनका लागि जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका २ ठाउँमा स्थानीय जनगणना कार्यालयसमेत सञ्चालनमा ल्याइएका छन्।

भदौ ३० देखि असोज १८ गतेसम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो। पहिलो चरणमा ३० हजारघर परिवार सूचीकृत भएका छन्।


२१ कात्तिक २०७८, आइतवार १२:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु