punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट नेपाल भित्रिदै गरेका अवैध पटाका बरामद

Chaupati
safha napa

तिहारको समयमा भारतबाट नेपाल भित्रिरहेका अवैध पटाका प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहतका युनिटहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र स्थानहरुबाट पटाका बरामद गरेका हुन् ।

भारतबाट लुकाइ छिपाइ नेपाल भित्रिरहेका अवैध पटाका प्रहरीले बरामद गरि शुक्रबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार टर्की पटाका ३५१ प्याकेट, पप बम पटाका ७३ बण्डल, हाईड्रो बम पटाका ५३ थान, सुतली बम पटाका ४३ थान, लिडर क्रेकर बम पटाका ५१ थान, साउण्ड बम पटाका २४ थान, कर्कोडायल पटाका २३ थान र र्‍याम्बो बम पटाका २८ थान बरामद गरि नष्ट गरिएको छ ।

नेपाल प्रहरीले तिहारमा पटाका बिक्रीवितरण तथा ओसारपसारमा कडाइ गरेको छ। सरकारले पटकाजन्य सामग्रीहरु आयातमा प्रतिबन्ध लगाएको छ ।


२० कात्तिक २०७८, शनिवार १६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु