punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देख्नै नसकिनेगरी प्रदूषण बढ्यो बेइजिङमा

Chaupati
safha napa

चीनको राजधानी बेइजिङमा २ सय मिटरभन्दा माथि देख्न नसकिनेगरी प्रदूषण बढेको छ। जसका कारण त्यहाँका कतिपय राजमार्गमा यातायात नै बन्द गराइएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार बाक्लो प्रदूषणका बेइजिङमा सहरका धेरैजसो अग्ला भवनको माथिल्लो भाग देख्न नसकिने अवस्था छ।

विशेषगरी हावा नचल्ने समयमा बेइजिङ–तिजियाङ–हेबेई औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या हुने गर्छ। अब एकरदुई दिनमा चल्ने हावाले बेइजिङमा फैलिएको प्रदूषित तुवाँलो हटाउने अपेक्षा गरिएको छ।

चीनले प्रदूषणविरुद्ध अभियान सञ्चालन गरेको छ। चीन सरकारले गत सेप्टेम्बरमा भनेको थियो– यस वर्ष देशका ६४ औद्योगिक क्षेत्रमा प्रदूषणविरुद्ध अभियान सञ्चालन हुनेछ।’


२० कात्तिक २०७८, शनिवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु