punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ५३ पालिकामा एमालेको नयाँ नेतृत्व चयन

Chaupati
safha napa

नेकपा एमालेले सुदूरपश्चिमका ५३ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी र दार्चुलाका ५३ स्थानीय तहको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको एमालेले जनाएको छ ।

बैतडीका सबै १० वटै स्थानीय तहमा अधिवेशन सकिएको छ । नेकपा एमाले बैतडीका सचिव लिलाधर भट्टले प्रथम अधिवेशनबाट १० वटै स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन गरिएको जानकारी दिए । दशरथचन्द नगरपालिकाको अध्यक्षमा अजबबहादुर पाण्डे, उपाध्यक्षमा नारायण भट्ट र सचिवमा कल्पना रानाक्षेत्री निर्विरोध चयन भएका छन् ।

पाटन नगरपालिकाको अध्यक्षमा ललित ठगुन्ना, उपाध्यक्षमा मदन भट्ट र सचिवमा धर्मराज भट्ट, पुर्चौडी नगरपालिकाको अध्यक्षमा कर्णबहादुर धामी, उपाध्यक्षमा बिर्खलाल पन्त र सचिवमा दिलबहादुर धानुक, मेलौली नगरपालिकाको अध्यक्षमा राजबहादुर चन्द, उपाध्यक्षमा बिजु नायक र सचिवमा गोरखबहादुर चन्द सर्वसम्मत भएको भट्टले बताए ।

दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा काशीसिंह विष्ट, उपाध्यक्षमा हेमा कपाडी र सचिवमा कालुराम सार्की, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा प्रकाश चन्द, उपाध्यक्षमा रामसिंह पुजारा र सचिवमा कृष्ण पेला, शिवनाथ गाउँपालिकाको अध्यक्षमा महेन्द्रबहादुर चन्द, उपाध्यक्षमा सुरेन्द्र सावद र सचिवमा मनोज ठकुराठी, डिलासैनी गाउँपालिकाको अध्यक्षमा रघुवीर बोहरा, उपाध्यक्ष हिक्मत धामी र सचिवमा वीरबहादुर माल, सुर्नया गाउँपालिकाको अध्यक्षमा राजेन्द्र भट्ट, उपाध्यक्षमा लालबहादुर पाण्डे र सचिवमा आनन्द बोहरा तथा सिगास गाउँपालिकाको अध्यक्षमा रामसिंह धामी, उपाध्यक्षमा सूर्यबहादुर बोहरा र सचिवमा जसविर बोहरा चयन भएको भट्टले जानकारी दिए ।
कैलाली

१३ वटा स्थानीय तह रहेको कैलालीमा बुधबारसम्म ७ वटाको अधिवेशन सकिएको छ । जिल्ला सहइन्चार्ज लीला भण्डारीका अनुसार धनगढी उपमहानगरपालिकासहित ७ स्थानीय तहमा सहमतिका आधारमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको अध्यक्षमा रामचन्द्र जोशी, उपाध्यक्षमा जगदीश चौधरी र सचिवमा प्रेम महरा चयन भएका छन् ।गौरीगंगा नगरपालिकाको अध्यक्षमा शान्ति सिंह, उपाध्यक्षमा पदम ऐर र सचिवमा अमर छन्त्याल, चुरे गाउँपालिकाको अध्यक्षमा चक्र बोगटी, उपाध्यक्षमा दीपा साउद र सचिवमा हर्क धामी, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा मधुकर सिजापति र सचिवमा देवेन्द्र शाही चयन भएका छन् भने उपाध्यक्षमा सहमति जुट्न सकेको छैन ।

कैलारी गाउँपालिकाको अध्यक्षमा अनुपा चौधरी, उपाध्यक्षमा हर्कबहादुर परियार र सचिवमा गणेश चौधरी, जानकी गाउँपालिकाको अध्यक्षमा खगेन्द्र भण्डारी, उपाध्यक्षमा बुद्धि चौधरी र सचिवमा उत्तमचन्द्र चौधरी र जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा, उपाध्यक्षमा शेरबहादुर मौनी र सचिवमा यम जोशी चयन भएको भण्डारीले जानकारी दिइन् ।

मोहन्याल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहितका पदाधिकारीमा सहमति जुटेपनि सचिवमा आकांक्षी धेरै हुँदा नटुङ्गिएकाले घोषणा हुन बाँकी छ । गोदावरी नगरपालिकाको बन्दसत्र २२ गते राखिएको छ भने अन्य स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयनको प्रयास भइरहेको एमालेले जनाएको छ ।
कञ्चनपुर

९ स्थानीय तह रहेको कञ्चनपुरमा चार वटामा मात्र एमालेको अधिवेशन सकिएको छ । एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाका अनुसार शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा अधिवेशन सकिएको छ ।

थापाका अनुसार शुक्लाफाँटा नगरपालिकाको अध्यक्षमा भक्तराज जोशी, उपाध्यक्षमा काशीसिंह महरा र सचिवमा देवदत्त भट्ट, पुनर्वास नगरपालिकाको अध्यक्षमा पदम पुजारा, उपाध्यक्षमा खडक बिक र सचिवमा काशी बोहरा, बेलौरी नगरपालिकाको अध्यक्षमा बाबुराम न्यौपाने, उपाध्यक्षमा महेश्वरी खत्री र सचिवमा लोकेन्द्र जोशी तथा लालझडी गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश राना र सचिवमा निर्मल राना सर्वसम्मत भएका छन् ।


१७ कात्तिक २०७८, बुधवार १८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु