एमालेको पालिका अधिवेशन पनि दुई चरणमा हुने

हिजो ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न गरेको नेकपा एमाले पालिका अधिवेशनमा जुटेको छ।पर्सि हुने पालिका अधिवेशनको लागि तयारी सुरु भएको एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बाढी पहिरो तथा डुबानका कारण पालिका अधिवेशन पनि एकैदिन नहुने भएको छ ।

यसअघि एकैदिन पालिका अधिवेशन गर्ने तयारी गरे पनि अब दुई चरणमा अधिवेशन हुने भएको छ । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा ९ गते पछाडि अधिवेशन हुनेछ । अरु ठाउँमा भने तोकिएको मिति अर्थात पर्सि ९ गते नै हुने उनले बताए ।

यस्तै, हिजो वडा अधिवेशन हुन नसकेका बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा आउँदो १५ गतेसम्ममा अधिवेशन सक्ने एमालेको तयारी छ । हिजो एकैसाथ देशभर वडा अधिवेशन गर्ने भनिए पनि प्राकृतिक विपद्का कारण अधिवेशन रोकिएको हो ।

रोकिएका धेरैजसो वडामा आउँदो शुक्रवार अधिवेशन हुने र बाँकी रहेका वडामा १५ गतेसम्ममा गरिसक्ने तयारी भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।हिजो ६ हजारभन्दा धेरै वडामा वडा अधिवेशन भएको छ ।

अधिवेशन भएका वडाको विवरण सङ्कलन भइरहेको छ । वडा अधिवेशन भएका सबै ठाउँमा सर्वसम्मत भएको एमालेले जनाएको छ । एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप हिजो पहिलो चरणमा वडा अधिवेशन गरेको हो ।एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।


७ कात्तिक २०७८, आइतवार ०९:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु