punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्तव्यस्त डडेलधुरा बसपार्क

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रका रुपमा विकसित हुन थालेको डडेल्धुरा बस पार्क निर्माण हुन नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ । पार्किङका लागि ठाउँ नहुँदा बसपार्क अस्तव्यस्त बन्न थालेको छ ।

बसपार्क नभएका कारण सदरमुकाम अव्यवस्थित मात्र भएको छैन, सर्वसाधारण र आउने जाने यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ । पहाडी जिल्लाको केन्द्र बन्न थालेपनि डडेलधुरामा अहिलेसम्म बसपार्कसमेत बन्न सकेको छैन ।

सदरमुकाम प्रवेशद्वारमा दुई रोपनीभन्दा कम जग्गामा रहेको सानो बसपार्कमा २० वटा सवारी साधनसमेत अटाउने ठाउँ छैन । २० वर्षअघि उक्त वर्ष पार्क १५ वटा सवारी साधन पार्किंङ गर्ने उद्देश्यले निर्माण गरिएको थियो ।

देशका विभिन्न भागबाट सुदूरका पहाडी जिल्लामा सञ्चालित यातायातका साधन डडेल्धुरा भएर जानुपर्ने भएका कारण हरेक वर्ष सवारी साधनको चाप बढ्दै जान थालेपनि सुविधा सम्पन्न बसपार्क बन्न नसक्दा बजारमा यत्रतत्र सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ ।

महाकाली यातायात डडेल्धुराका प्रमुख वीरबहादुर देउवाले नाम मात्रको बसपार्क भएको बताए । तराईका कैलाली कञ्चनपुरबाट ७ पहाडी जिल्लामा जाने आउने यातायातका साधनले डडेल्धुरा सदरमुकाममा दैनिक लाग्ने जामका कारण घण्टौं कुर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

सदरमुकामको मुख्यबजार बाघखोरमा जताततै सवारी साधन पार्किङ हुँदा सर्वसाधारणका लागि हिँड्ने बाटोसमेत छैन । डडेल्धुरा– बैतडी दशरथचन्द राजमार्गको १५ मिटर क्षेत्रमा व्यवसायिक पसल र होटेल सञ्चालनमा छन् । गाडी गुड्नुपर्ने सडकको दुवैतिर आउने जाने यातायातका साधन पार्किङस्थल बनेपछि स्थानीय बासिन्दाले निकै सास्ती भोग्नु परेको हो ।

सदरमुकामको मुख्यबजार बाघखोरदेखि बजार क्षेत्र किनमडेसम्म राजमार्गको अधिकांस क्षेत्रमा खोका छाप्रादेखि पक्की घरसमेत निर्माण गरेर व्यवसाय सञ्चालन भइरहेको छ । सदरमुकामको तुफानडाँडादेखि बाघखोरसम्म दैनिक सवारी साधनको जाम हुनु सामान्य जस्तो भएको छ ।

६ वर्षअघि नगरपालिकामा रहेको तत्कालीन राजनैतिक संयन्त्रले दशरथचन्द राजमार्गको डकलेमा बसपार्क निर्माण गर्न ४० रोपनी जग्गा लिएको र काम समेत सुरु गरेको थियो । स्थानीय तहको निर्वाचन भएको ४ वर्ष पुग्न लाग्दापनि अहिलेसम्म वसपार्क निर्माणको काम अगाडी बढ्न सकेको छैन ।

स्थानीय बासिन्दाले पटक पटक बसपार्क निर्माणका लागि नगरपालिकालाई दबाब दिँदापनि जनप्रतिनिधिले कुनै चासो नदेखाएको गुनासो गरेका छन् । तत्कालीन राजनीतिक संयन्त्रले बसपार्क निर्माण गर्न छुट्टयाएको क्षेत्रको पर्यावरणीय प्रभाव मूल्यांकन गर्न १३ लाख रुपैयाँसमेत खर्च गरेको थियो ।

त्यसपछि निर्वाचित जनप्रतिनिधिले चासो नराख्दा अहिलेसम्म बसपार्क निर्माण हुन सकेको छैन भने बजार क्षेत्र हरेक दिन अस्तव्यस्त बन्दै जान थालेको छ ।सडक डिभिजन कार्यालयले पटक पटक राजमार्गको जग्गा खाली गर्न पत्राचार गरेपनि अहिलेसम्म कसैले टेरेको छैन । हरेकदिन राजमार्गको जग्गा अतिक्रमण बढ्दै जान थालेको छ ।


३० असोज २०७८, शनिवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु