punarbas narpalika
ganyapadhura gaupalika
jorayal gapa doti

सुदूरपश्चिममा सार्वजनिक सवारीसाधनमा लगाइएको ‘क्यु फ्री’ हट्यो

सुदूरपश्चिममा सार्वजनिक सवारीसाधनमा लगाइएको ‘क्यु फ्री’ हटाइएको छ। तीन दिनसम्म क्यु फ्रीमा सवारी सञ्चालन गरिएकोमा आजदेखि क्यु फ्री हटाइएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।

सापकोटाका अनुसार आजदेखि पु्रानै रुट र समयअनुसार सवारीसाधन सञ्चालन भएका हुन्। असोज २७ गतेदेखि लामो र २८ गतेदेखि छोटो दूरीमा क्यु फ्रीमा सवारीसाधन सञ्चालन गरिएको थियो ।

सुन्दर सुदूरपश्चिम, रिभरसाइड, खप्तड मालिका, महाकाली, उग्रतारा लगायतका यातायात प्रालिहरुले तीन दिनसम्म सवारीसाधन क्यु फ्रीमा छोडेका थिए। क्यु फ्रीमा न्यून सार्वजनिक सवारीका साधन मात्रै सञ्चालन हुँदा तीन दिनसम्म आवतजावतमा निकै सास्ती भएको थियो।


३० असोज २०७८, शनिवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु