punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका एक वडाध्यक्षले बाँडे आफ्नो तलब बृद्धबृद्धालाई

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ की १०८ बर्षिय दुरादेवि बिष्टको मुहारमा खुसी देखिन्थ्यो । लौरो टेक्दै वडा नम्बर १ को कार्यालय आएकी उनि एक युवकलाई आशिष् दिदै थिइन्, ‘बाचिरहे बाबु, तिम्रो भलो होस् ।’बृद्धाको आशिष पाएपछि ति युवक भावुक र उत्साहित थिए । बृद्धा बिष्टको मात्रै हैन एक नम्बर वार्डमा रहेका अधिकांश बृद्धाहरुबाट यसरी नै आशिष पाएका युवक हुन वार्ड अध्यक्ष आसेफ कुंवर (भुन्टु) ।

आफ्नो वडामा भुन्टुको नामले बढी परिचित छन् अध्यक्ष आसेफ कुवंर । कलिलै उमेरमा भीमदत्त नगरपालिका –१ का अध्यक्ष बनेका भुन्टु अहिले आफ्नो वार्डंका बृद्धबृद्धाको सारथि नै बनेका छन् । बृद्धबृद्धालाई सरकारले सामाजिक सुरक्षा भत्तामार्फत रकम हस्तान्तरण गर्छ ।तर वडा अध्यक्ष भुन्टुले आफुलाई दिएकोे तलबपनि बृद्धबद्धालाई वितरण गर्दै आएका छन् । अझ पाई आएको तलबले नपुगे आफ्नै गोजीबाट पनि थप्छन् ।

दशैको मुखमा थोरै भएपनि पाएको रकमले निकै खुसी थिए बृद्धबृद्धाहरु । अध्यक्ष भुन्टुको टाउकोमा हात रोखर खुशीहुदै आशिष दिईरहेका थिए । सोमवार बिहान कार्यालयमा २४२ जना बृद्धबृद्धालाई अध्यक्षकुवंरले पछिल्लो २ बर्षयताको एकमुष्ट ३ लाख ९२ हजार तलब भत्ता बितरण गरेका हुन ।

आफ्नो वडामा रहेका ७० बर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुलाई १५ सय र पूर्ण असक्त अपाङ्गलाई १ हजारका दरले रकमबितरण गरेका छन् ।२०७४ साल असारमा भएको निर्वाचनबाट भीनपा १ कोअध्यक्ष बनेपछि भुन्टुले आफ्नो तलब बृद्धबृद्धालाई वितरण गर्ने घोषणा गरेका थिए ।

त्यस अनुरुप दुई बर्ष निरन्तर वितरण गरेका थिए । तर पछिल्लो बर्षयता कोरोनाका कारण उनले त्यो अभियानलाई स्थगित गरेका थिए । हालदुई बर्षको एकमुष्ट रकम हस्तान्तरण गरेका हुन ।‘प्रत्येक बर्ष निरन्तर बाँड्ने योजना नै हो तर कोरोनका कारण रोकियो’ अध्यक्ष भुन्टुले भने ‘समय अनुकुलभएसंगै दुई बर्षको एकमुष्ट रकमबितरण गरेको छु ।’

उनले शुरुमा सबै वडा अध्यक्षसंग मिलेर एउटा उपकार कोष बनाउने योजना बनाएका थिए । त्यसमा तलब रकम जमा गरेर समाजिक कार्य गर्ने योजना अघि सारेका सुनाए ।केहीले सहमति जनाए केहीले नजनाएपछि आफ्नै वार्डका बृद्धबृद्धालाई आफ्नो तलब वितरण गर्ने योजना बनाएका हुन ।‘चुनाव लड्दा बखत नै तलब नखाने प्रतिबद्धता जनाएको थिए’ उनले भने ‘जनताको सेवागर्न आएको हु, जनताबाट आएको पैसा जनतालाई नै फिर्ता गरेको हु ।’उनले वडामा रहेका बिपन्न बर्गलाई समेत बेलाबखत सहयोग गर्दै आएका छन् ।

अध्यक्ष भुन्टुले तलबको रकम नपुगेपछि आफ्नो ब्यक्तिगत रकम समेत थप्ने गरेका छन् । ‘पहिलो बर्ष ९२ हजार थपेका थिए । दोश्रो बर्ष झण्डै एकलाख थप्नु परेको उनले बताए ।‘रकम बाँड्ने बेलातोकेको भन्दापनि बढी नै आउँछन्, खालि हात फिर्ता गर्नु त भएन’ उनले भने ।सोमवार बिहान वडा कार्यालयमा ११० बर्षका लक्ष्मी सापकोटालाई समेत उनले रकम पठाएका छन् ।

बिरामीका कारण काठमाडौ रहकी साकोटालाई उनकै ८४ बर्षिया छोरी पूर्णाकला भण्डारी मार्फत पठाएका हुन ।पूर्णाकलाले स्वयंमपनि अध्यक्षबाट रकम पाएकी छन् । त्यस्तै बिरमा देवि विष्ट १०० बर्ष, भानिरामतिरुवा ९८ बर्ष लगायतकाले रकम पाएका छन् । अति अशक्त बृद्धबद्धाहरुलाई अध्यक्ष भुन्टुले घरमै गएर पनि रकम हस्तान्तरण गरेका छन् ।


२५ असोज २०७८, सोमवार १६:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु