जुवाखालमा प्रहरीको छापा, एक दर्जन जुवाडे पक्राउ
प्रहरीले दार्चुला सदरमुकाम खलंगाको एक जुवाघरमा छापा हानेको छ । भित्रभित्रै जुवा खेल भइरहेको सुराकीको आधारमा प्रहरीले छापा हानेको हो ।आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वको टोली जुवाघरमा छापा हान्दा एक दर्जन जुवाडे पक्राउ परेका छन् ।
सदरमुकाम खलंगाको तिंकर खेडामा रहेको प्रेमसिह बुढाथोकीको घरमा छापा हानेको हो ।
उनीहरुबाट प्रहरीले २ लाख ३७ हजार रकमसमेत बरामद गरेको छ । विगतदेखि नै जुवा खेलाइरहेको भन्दै प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको जनाएको छ ।
प्रहरीले दशैतिहारको पूर्वसन्ध्यामा जुवा घरमा छापा हानेको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन् । स्रोतका अनुसार जुवाखालमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ता र व्यापारी रहेको बताइएको छ ।
२४ असोज २०७८, आइतवार १८:२४ बजे प्रकाशित













