punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूर पहाडमा खाद्यको चामल आएन, सुपथ मूल्यको पसल पनि खुलेन

Chaupati
safha napa

दशैँ अघिनै आईपुग्नु पर्ने खाद्य व्यवस्थाको १७ हजार क्विन्टल चामल नआउँदा सुदूर पहाडका दुर्गम वस्तीमा चामलको अभाव भएको छ । स्थानीय तह र साल्ट ट्रेडिङको समन्वयमा दशैँ–तिहारको अवसरमा खुल्ने सुपथ मूल्यको पसल पनि सञ्चालनमा आएका छैनन् ।

खाद्यको अभाव हुने बैतडीको तल्लोस्वराड, दार्चुला, बझाङ, बाजुरा र अछामका लागि आउनुपर्ने १७ हजार सातसय क्विन्टल चामल नआउँदा सुदूर पहाडका गरीब निमुखाको दशैँ खल्लो हुने भएको छ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले समयमै चामल आपूर्ति गर्न नसक्दा सुदूर पहाडका डिपोमा चामलको अभाव भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले बैतडीको मेलौली डिपोका लागि एक हजार क्विन्टल, पञ्चेश्वरको कुलाउका लागि दुई हजार क्विन्टल, बझाङको विसौनाका लागि पाँचसय क्विन्टल, बाजुराको कवाडी डिपो र कोल्टी डिपोका लागि आउनुपर्ने सात हजार क्विन्टल चामल आपूर्ति गर्न सकेको छैन ।

त्यसैगरी, दार्चुलाको खण्डेश्वरी, राप्ला, पारिबगर र गोकुलेश्वर डिपोका लागि आउनुपर्ने तीन हजार सातसय क्विन्टल, अछामको मङ्गलसेन र रामारोशनका लागि तीन हजार क्विन्टल चामल पठाउन सकेको छैन ।

समयमै टेण्डर नहुँदा दशैँको मुखमा सुदूर पहाडमा चामल पठाउन नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्दिरा बस्नेतले बताए ।

बस्नेतले भने, “ विविध कारणले टेण्डर प्रक्रिया ढिलो भयो । आ। ब। २०७८र २०७९ मा सुदूर पहाडका लागि १७ हजार सातसय क्विन्टल चामल आपूर्ति गर्न भर्खर टेण्डर आह्वान भएको छ । सम्झौताका लागि ठेकेदार आएका छैनन् । सम्झौता हुने बित्तिकै पहाडि जिल्लामा चामल पठाउने छौं ।”

सुपथ मूल्यको पसल खुलेन
दशैँको अवसरमा साल्ट ट्रेडिङ र स्थानीय तहको सरकारले खोल्नु पर्ने सुपथ मूल्यको पसल बैतडीमा यो वर्ष खुल्न सकेका छैनन् ।

सुपथ मूल्यमा नून, चिनी र साबुन विक्री वितरण हुने सुपथ मूल्यको पसका लागि स्थानीय तहको सरकार र जिल्ला प्रशासन कार्यालयबाट सिफारिस नआएको सुदूरपश्चिको धनगढीस्थित साल्ट ट्रेडिङका प्रमुख केशवप्रसाद पाण्डेयले बताए ।

प्रुमख पाण्डेयले भने, “यो वर्ष सुपथ मूल्यको पसलबाट विक्री हुने चिनीको मूल्य प्रतिकिलो ७९ रुपियाँ र नून १८ रुपियाँ किलो कायम भएको छ । बैतडीका कुनै पनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट सुपथ मूल्यको पसल सञ्चालन गर्न माग भएको छैन ।”

स्थानीय सरकार उदासिन
सुपथ मूल्यको पसल सञ्चालन गर्न स्थानीय तहको सरकार उदासिन देखिएका छन् । स्थानीय तहको सरकार गठन हुनुअघि साल्ट ट्रेडिङ आफैँले सुपथ मूल्यको पसल सञ्चालन गर्दै आइरहेको थियो ।

स्थानीय तहको सरकार र जिल्ला प्रशासन कार्यालयको सिफारिस अनुसार गत वर्ष डोटीको केआईसिंह गाउँपालिकामा सुपथ मूल्यको पसल सञ्चान गरेको भए पनि यो वर्ष कुनै पनि स्थानीय तहबाट सिफारिस नआएको सुदूरपश्चिमको धनगढीस्थित साल्ट ट्रेडिङका प्रमुख केशवप्रसाद पाण्डेयले बताए ।

साल्ट ट्रेडिङले यस अघि बैतडीको पाटनमा सुपथ मूल्यको पस सञ्चालन गर्दै आइरहेको थियो । स्थानीय तहको सरकार गठनपछि दशैँ–तिहारमा सुपथ मूल्यको पसल सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएको साल्ट ट्रेडिङले जनाएको छ ।

सुपथ मूल्यको पसल सञ्चालन नहुँदा सर्वसाधारण मर्कामा परेको बैतडीको पाटन नगपालिकाका स्थानीय दिनेश विष्टले गुनासो गरे ।गोरखापत्रबाट


२२ असोज २०७८, शुक्रवार १२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु