punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईपीएलमा आज दुई खेल हुँदै

Chaupati
safha napa

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेलहरु हुँदैछन् ।त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाण्डौ किङ्ग्स–११ खेल्नेछन् ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौ पनि दोस्रो जितको खोजीमा रहेको छ ।

यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।विराटनगर र पोखराबीचको खेल दिउँसो साढे एक बजे सुरु हुनेछ ।


१६ असोज २०७८, शनिवार ०९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु