punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका २६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार ३६२ नमुना परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार १०७ नमुना पिसिआर परिक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो । भने ८८ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । यस्तै एक हजार २५५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ । भने एक जार २४८ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत ९० बर्षिय र ७० बर्षिय पुरुष गरी दुई जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


१५ असोज २०७८, शुक्रवार १८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु