punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यालयको अनुदान कटौती गरेको भन्दै गाउँपालिकामा तालाबन्दी

Chaupati
safha napa

बान्नीगढी जयगढ गाउँपालिकाको शान्नीकोट आधारभुत विद्यालयको अनुदान कटौती गरेको भन्दै पालिकामा तालाबन्दी गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले अनुदान कटौती गरेको भन्दै विद्याललका शिक्षक,विद्यार्थी र अभिभावकले तालाबन्दी गरेका हुन् ।

विद्यालयले ०७५ सालदेखि पाउँदै आएको शिक्षक सिकाइ अनुदान कोटा कटौती गरेर विद्यार्थीको भविष्य माथी खेलवाड गरेको विद्यालयका प्रअ हर्कबहादुर सुतारले बताए । उनले भने, द्यालयमा ६,७ र ८ सम्मका कक्षाहरू १ जना अनुदान कोटा र निजी शिक्षकमार्फत सञ्चालन भइरहेका छन्।पालिकाकाले यसरी विभेदपूर्ण निर्णय गर्दा तालाबन्दी गर्न बाध्य भयौं।

गाउँपालिका शिक्षा समितिको असोज ११ गते बसेको बैठकले शान्नीकोट आधारभूत विद्यालयको अनुदान कटौती गरी अलकनन्दा मावि र जनज्योति आधारभूत विद्यालयलाई अनुदान दिने निर्णय गरेको थियो।

अनुदानको आवश्यकता नभएको विद्यालयका अनुदान दिनु नियतबस गरिएको विद्यार्थी अमिसा साउदले बताए। गाउँपालिकाका सबै विद्यालय आफ्ना लागि समान रहेको कसैलाई विभेद नगरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काले बताए । उनले संघबाट आएका ३ वटा कोटा सबैको सर्वसम्मत तरिकाले समितिको बैठकबाट निर्णय गरेकाले आक्रोशित हुनुपर्ने अवस्था नरहेको बताए ।


१४ असोज २०७८, बिहीवार १५:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु