सेती अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा

सेती प्रादेशिक अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। लिक्विड अक्सिजन प्लान्ट जडान गरी भाद्र २१ गतेदेखि नै सेवा सुचारु गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

संघिय सरकार अन्तरगत स्वास्थ्य सेवा बिभागको आपुर्ती महासाखाले खरिद गरेर पठाएको ३० किलो लिटर क्षमताको लिक्विड अक्सिजन प्लान्ट जडान गरी भाद्र २१ गतेदेखि सेवा दिन थालिएको उनले बताए ।

लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन भण्डारण गरेर आवश्यकता परेका बेला आपूर्ति गर्न सकिने विश्वास लिइएको छ ।बिरामीलाई आवस्यक पर्ने अक्सिजन सहज तरीकाले उपलब्ध गराउन सकिने र अक्सिजन अभाबमा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनेछ, उनले भने ।  प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरेर सञ्चालनमा ल्याएको हो।

यसअघि कोभिड(१९ को दोस्रो लहर चलेको समयमा अक्सिजन नपाएर कतिपय नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको थियो। अब अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने अस्पतालले जनाएको छ।

यस्तै सेती प्रादेशिक अस्पतालमा हालसालै अन्य सेवाहरू पनि सञ्चालनमा ल्याएको छ । आधुनिक प्रयोगशाला सेवा, विशेषज्ञ दन्त रोग सेवा, इको कार्डियोग्राफी सेवा, इण्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा, कोभिड अस्पताल तथा बाल रोग आइसियु निर्माणाधीन र अस्पताल व्यवस्थापन सूचना प्रणाली सेवाहरू सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

 


१० असोज २०७८, आइतवार १९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु