खप्तड छेडेदह गाउँपालिका सभापतिमा : रावत

बाजुरा खप्तड छेडेदह गाउँपालिकामा नेपाली कांग्रेसको सभापतिमा हर्क बहादुर रावत निर्विरोध निर्वाचित भएका छन् ।नेपाली कांग्रेको असोज ९ गते बाट पालिका अधिवेशन सुरु भएको थियो भने गाउँपालिकाको दोस्रो अधिवेशन बाट सभापतिमा रावत चयन भएको मतदान केन्द्रका मतदान अधिकृत राम बहादुर रावतले जानकारी दिए ।

रावत सहित ४२ सदस्यी कार्य समिति गठन गरिएको अधिकृत रावतले बताए । जसमा उपसभापतिमा जहरी रावल,हर्क बिष्ट, सचिवमा प्रेम बहादुर रावत,विष्णु बहादुर धामी,सहसचिवमा प्रकाश बहादुर थापा,खडक कठायत लगायत ४२ सदस्यी कार्यसमिति गठन गरिएको उनल बताए ।

जसमा २१ सदस्य खुल्ला बाट र १४ सदस्य समानुपातिक बाट हुने अधिकृत रावतले बताए । जिल्लाका पाँच वटा पालिकामा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस निर्वाचन समिति बाजुराले जनाएको छ ।

 


१० असोज २०७८, आइतवार १९:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु