punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१२ वर्षदेखि फरार २ जना पक्राउ

Chaupati
safha napa

कैलालीमा १२ वर्षदेखि फरार रहेका २ जना पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका –५ खानिडाँडा बस्ने दीपक अधिकारी र सोही ठाउँका गंगाबहादुर अधिकारी पक्राउ परेका हुन्।

कैलाली जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा सजाय भई फरार रहेका उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दीपकलाई अदालतले २०६६ साउन २७ गते १ वर्ष ११ महिना १० दिन कैद र गंगाबहादुरलाई २०५८ असार १२ गते ६ महिना कैद तोकेको थियो। उनीहरुलाई जिल्ला अदालतमार्फत कारागार चलान गरिएको बताइएको छ।


८ असोज २०७८, शुक्रवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु