यूएसबी-सी चार्जर सबै फोनमा मिल्ने गरी उत्पादन गर्न ईयूको दबाब
युरोपियन युनियनले चार्जर उत्पादकलाई सबै किसिमका फोन र साना विद्युतीय उपकरणमा मिल्ने गरी युनिर्भसल चार्जिङ सोलुसन दिने गरी चार्जर उत्पादन गर्द दबाब दिएको छ।
युरोपियन कमिसनले प्रस्ताव गरेको नयाँ नियमले सबै किसिमका मोबाइल फोन र विद्युतीय उपकरणमा एउटै चार्जर मिल्ने गरी उत्पादन गर्नुपर्ने उल्लेख गरिउको छ। नयाँ नियमको उद्देश्य एक नयाँ उपकरण किन्दा विद्यमान चार्जरहरुलाई पुनस् उपयोग गर्नको लागी उपभोक्ताहरुलाई प्रोत्साहित गरेर अनावश्यक उपकरण खरिदलाई घटाउनु रहेको छ।
युरोपेली युनियनमा बिक्री भएका सबै स्मार्टफोनहरुमा युएसबी(सी चार्जर हुनुपर्ने प्रस्ताव उक्त नियममा गरिएको छ। एप्पलले यस्तो कदमले नवीनतालाई नोक्सान पुर्याउने चेतावनी दिएको छ।
नेपाल समय
टेक(जायन्टसमेत स्मार्टफोनको मुख्य निर्माता एप्पलले आफ्नो आईफोन श्रृंखलामा ुलाइटिङु कनेक्टरको उपयोग गरेको छ। एप्पलले बीबीसीलाई भन्यो, ु हामी चिन्तित छौं कि केवल एक प्रकारको कनेक्टरलाई अनिवार्य गर्ने नियमले नवीनतालाई प्रोत्साहित गर्नुको सट्टा बाधा पुर्याउँछ। जसले फलस्वरूप यूरोप र विश्वभरिका उपभोक्ताहरुलाई हानी पुर्याउँछ।ु
सन् २०३० सम्म हरेक एप्पल उपकरण र उपयोग कार्बन तटस्थ बनाउने लक्ष्य राखेको पनि एप्पलले जनाएको छ।
धेरैजसो एन्ड्रोइड फोनहरु यूएसबी माइक्रो(बी चार्जिंग पोर्ट लाग्ने बनाइएको छ भने अधिक आधुनिक उपकरणहरुमा यूएसबी(सी पोर्ट राखिएको छ।
आईप्याड र म्याकबुकमा नयाँ मोडेलहरु यूएसबी(सी चार्जिंग पोर्टको उपयोग गरिएको छ भने सामसङ र हुवावेका लोकप्रिय एन्ड्रोइड उत्पादनहरुमा यूएसबी(ए टाइप पनि प्रयो गरिएको पाइएको छ।
८ असोज २०७८, शुक्रवार ०८:२५ बजे प्रकाशित












