punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटोपना कम गर्न इन्टरमिटेन्ट फास्टिङ

Chaupati
safha napa

१२ जिल्लाका सीडीओको सरुवा अहिले मोटोपना मानिसको स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण समस्याको रूपमा देखिँदै आएको छ । व्यस्त जीवनशैली, अव्यवस्थित खानपान, कसरतको कमीले मानिसहरू आफ्नो तौल बढिरहेको गुनासो गरिरहेका हुन्छन् । मोटोपनाकै कारण रोगी भएको गुनासो गर्नेहरूको पनि कमी छैन । सबैलाई छिटो तौल घट्ने सजिलो उपाय चाहिएको हुन्छ ।

भारतकी चर्चित कमेडियन र होस्ट भारती सिंहले हालसालैको एक अन्तर्वार्तामा आफूले १५ केजी तौल घटाएको बताएकी छन् । उनी ९१ केजीबाट ७६ केजीकी भएकी छन् । आफूले इन्टरमिटेन्ट फास्टिङ गरेको र त्यसबाट स्वाँ–स्वाँ हुने समस्या हराउँदै गएको बताएकी हुन् ।

त्यस्तै‚ डायबिटिज र दम पनि नियन्त्रणमा आएको भारतीले उक्त अन्तर्वार्तामा बताएकी थिइन् । उनी अहिले बेलुका ७ बजे खाना खाएपछि एकैपटक भोलिपल्ट १२ बजेमात्र खाना खान्छिन् ।

के हो इन्टरमिटेन्ट फास्टिङ ?
प्रायः सबैलाई व्रत, उपवासको बारेमा थाहा हुन्छ । इन्टरमिटेन्ट फास्टिङ पनि एक प्रकारको व्रत नै हो । तर पूरा दिन भोकै बस्ने नभएर केही घण्टामात्र भोको बस्नुलाई इन्टरमिटेन्ट फास्टिङ भनिन्छ । जोन हपकिन्स मेडिसिनका अनुसार डाइट भनेको सधैँ के खाने र के नखानेसँग सम्बन्धित रहन्छ । तर इन्टरमिटेन्ट फास्टिङ कतिबेला खानेसँग सम्बन्धित छ । जोन हपकिन्स मेडिसिन स्वास्थ्यको क्षेत्रमा काम गर्ने एक संस्था हो ।

इन्टरमिटेन्ट फास्टिङ गर्दा एक दिनभरिमा कुन समयमा खाने भन्ने निश्चित गर्नुपर्छ‚ जसले शरीरमा जमेको फ्याट र बोसो घटाउन सहयोग गर्छ । इन्टरमिटेन्ट फास्टिङमा केही घण्टासम्म खाना नखाने र एक हप्तामा एक पटक मात्र खाना खाने गरी डाइट प्लान गरिन्छ ।

जोन हपकिन्सका न्यूरोसाइन्टिस्ट मार्क म्याटसनले २५ वर्षसम्म इन्टरमिटेन्ट फास्टिङबारे अध्ययन गरेका थिए । हपकिन्स मेडिसिन डट ओआरजीमा छापिएको जानकारीअनुसार हाम्रो शरीर केही घण्टामात्र नभई केही दिन नै खाना नखाए पनि बाच्न सक्ने गरी विकास भएको हुन्छ । यो पृथ्वीमा खेतीपाती गर्न सुरु गर्नुअगावै सुरु भएको पद्धति हो । जतिबेला मान्छेहरू सिकार गरेर खान बाध्य थिए । उनीहरू लामो समयसम्म भोकै बसेको तथ्य भेटिन्छ ।

जोन हपकिन्सका डायटिसियन क्रिस्टी विलियम्सका अनुसार इन्टरमिटेन्ट फास्टीङका केही प्रकारहरू छन्‚ जुन डाक्टरको सल्लाहअनुसार सुरु गर्नुपर्छ । इन्टरमिटेन्ट फास्टिङ १६र८ यसैको एक प्रकार हो । यस समयमा रहेर फास्टिङ गर्दा १६ घण्टासम्म भोकै बसिन्छ र बाँकी ८ घण्टा भोकै बसिन्छ । धेरै व्यक्ति यही विधिबाट फास्टिङ गर्न मन पराउँछन् । किनभने यो नै सबैभन्दा सजिलो र गर्न सकिने विधि हो ।

इन्टरमिटेन्ट फास्टिङको दोस्रो प्रकार हो ५र२ को योजना । यो विधिअनुसार हप्तामा ५ दिन सामान्य डाइट खाने र बाँकी २ दिन ५ सय र ६ सयको बिचमा क्यालोरी प्राप्त हुने खानामात्र खानुपर्छ सोभन्दा धेरै खाना खान मिल्दैन । यसमा के ध्यान दिनुपर्छ भने ती दुई दिनमध्ये एकदिन सामान्य अरू दिनमा खाएको जसरी नै खाना खानुपर्छ ।

क्रिस्टी सल्लाह दिन्छिन्, ‘लामो समय‚ जस्तैस् २४, ३६, ४८ र ७२ घण्टासम्म खाना नखानु शरीरका लागि खतरापूर्ण हुन सक्छ । किनभने लामो समय खाना नखाँदा भोकको कारण फ्याट जम्मा हुन सुरु हुन्छ । त्यसैले खाना नखाइरहेको बेलामा पनि पानी र जिरो क्यालोरी भएको पेय‚ जस्तैस् चिनीबिनाको चिया, कफी खानुपर्छ । सही र स्वस्थ खानेकुरा खानुपर्छ ।

कुन प्रकारको खाना खाने ?
पोषणविद् डा शिखा शर्मा भन्छिन्, ‘इन्टरमिटेन्ट फास्टिङ गरिरहेको बेलामा जुन समय खानाको लागि छुट्याइएको हुन्छ‚ त्यो समयमा के खाने भन्नेबारे ध्यान पुर्‍याउनु जरुरी हुन्छ ।’

शिखाको भनाइअनुसार, वैदिक विज्ञानमा सूर्यास्तपछि खाना नखानू भनिएको छ । किनभने सूर्यास्तपछि खाइएको खाना पच्दैन । गर्मीमा सूर्यास्त सातदेखि साँढे सात बजेसम्म हुन्छ भने जाडोमा साढे ५ बजेपछि मात्र हुन्छ । बितेको ८ घण्टामा आफूले के खाएको छु र के खाने भन्नेबारे ध्यान दिनुपर्छ ।

उनी भन्छिन्, ‘यदि तपाईँले यी ८ घण्टामा पिज्जा, बर्गर र कुनै चिनीजन्य पदार्थ खानुभएको छ भने इन्टरमिटेन्ट फास्टिङले काम गर्दैन । त्यसैले फास्टिङको खाना खाने समयमा सही र सन्तुलित खाना खानु जरुरी हुन्छ । इन्टरमिटेन्ट फास्टिङमा सधैँ कतिबेला खाने भन्ने विषयमा बढी चर्चा हुने गर्दछ ।

शिखा भन्छिन्, ‘इन्टरमिटेन्ट गर्नेहरू प्रायः सबैले बिहानको खाजा खाँदैनन्‚ र खाना पनि खाँदैनन् अनि योबीचमा चिया र बिस्कुट भने खाइरहन्छन् । जब साँझमा धेरै भोक लाग्छ‚ बाहिरको खाना खान्छन् । त्यसपछि फेरि रातको समयमा भारी खाना खान्छन् । यसले तौल घट्ने होइन‚ शरीरलाई नोक्सान हुन्छ ।’

उनी थप्छिन्, ‘जब शरीरमा मेटाबोलिज्मको स्तर उच्च हुन्छ‚ तब भोको बसेर मेटाबोलिज्मको स्तर घटेको बेला खाना खायो भने यसले मोटोपना, कुपोषण र रिङ्गटा लाग्ने हुन्छ । त्यसैले यदि तपाईँ १६र८ घण्टाको इन्टरमिटेन्ट फास्टिङ गर्दै हुनुहुन्छ भने फास्टिङमा रहेको १६ घण्टामा ग्रीन–टी, भेजिटेबल जुस खानु उपयुक्त हुन्छ । र बाँकी खाने समय‚ अर्थात् ८ घण्टा अन्न अर्थात् ब्राउन राईस, रोटी, ओट्स, दलहनको परिकार खान सकिन्छ । गुलियो स्वादका लागि चिनीको सट्टामा गुँद प्रयोग गर्नुपर्छ ।

डाइट प्लान तौल घटाउनका लागि प्रयोग गर्ने छोटो विधि हो । यदि कसैले यो विधिको पालना नगरेमा त्यसको नतिजा नराम्रोसँग भोग्नुपर्छ । तौल त्यतिबेला सम्म मात्र नियन्त्रणमा रहन्छ‚ जति बेलासम्म सन्तुलित आहारासँगै डायटिङ गरिन्छ ।

जोन हपकिन्सका न्यूरोसाइन्टिस्ट मार्क म्याटसनको न्यू इङ्गल्यान्ड जर्नल अफ मेडिसिनमा छापिएको एक खोजमा इन्टरमिटेन्ट फास्टिङका अरू थुप्रै फाइदाहरू पनि उल्लेख गरिएको छ । जस्तैस् टाइप २ डायबिटिज, मुटुको रोग, पेटको समस्यालाई इन्टरमिटेन्ट फास्टिङले कम गर्दै लैजान्छ ।

शिखाका अनुसार तौल घटाउनको लागि मानिसहरू धेरै थरी डाईट प्लान बनाउँछन् । अनि तौल सामान्य अवस्थामा आएपछि फेरि पहिलाको जति नै खाना खान थाल्छन् । जसले गर्दा उनीहरूको तौल पुनः बढ्न थाल्छ । किनभने धेरैजसो केसमा मानिसको खाना खाने बानी सुध्रिन गाह्रो हुन्छ । त्यसैले मानिसहरू दुब्लाउने सजिलो उपाय खोज्न थाल्छन् । त्यस्ता सजिलो उपायको असर बढी हुन्छ ।

–बीबीसी हिन्दीबाट


३० भदौ २०७८, बुधवार १९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु