१२ जिल्लाका सीडीओको सरुवा

गृहमन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो।ललितपुरमा घनश्याम उपाध्याय र भक्तपुरमा रुद्रादेवी शर्मालाई सरुवा गरिएको छ।

यस्तै, पुन्यविक्रम पौडेललाई गुल्मी, शंकरहरि आचार्य गोरखा र काशीराज दाहाललाई मोरङ सरुवा गरिएको छ। यता, दिपककुमार पहाडीलाई रामेछाप सरुवा गरिएको छ।


३० भदौ २०७८, बुधवार १८:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु