कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

बुधबार भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास पक्राउ परेका हुन् ।

उनी सन्दीप दासको सट्टामा परीक्षा दिएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको पाइएको प्रहरीको भनाइ छ ।

प्रवेश पत्रमा सन्दीपको तस्वीर उप्काएर राजचन्द्रको फोटो टाँसिएको थियो ।


३० भदौ २०७८, बुधवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु