punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

Chaupati
safha napa

नेपालमा थप १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको परीक्षणका क्रममा बुधबार थप १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका गत २४ घण्टामा पीसीआर र एन्टिजेन बिधिबाट गरी १६ हजार ८४४ जनाको नमूना परीक्षण गरिएको थियो।

पीसीआर विधिबाट १२ हजार ५२४ जनाको नमूना परीक्षण गर्दा १ हजार ३३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै, ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टाको अवधिमा १ हजार २२० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।यस्तै, २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।


३० भदौ २०७८, बुधवार १६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु