punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्मिता धामी हत्या प्रकरण : न्याय माग्दै प्रशासनमा तालाबन्दी

Chaupati
safha napa

डडेल्धुरा परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भएको छ । तर, अहिले प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

घटनाबारे ढाकछोप गरेको भन्दै आन्दोलित स्थानीयले बुधबार इलाका प्रशासन कार्यालय जोगबुढामा तालाबन्दी गरेका छन् । हत्यारा पत्ता नलगाउँदासम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए ।

परशुराम नगरपालिकाले अस्मिताको न्यायका लागि गठन भएको संघर्ष समितिसँग ६ बुँदे सम्झौता गरे पनि अझै कार्यान्वयन नगरेको संघर्ष समितिको आरोप छ ।डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल आफैं घटनास्थलमा खटिएका थिए । तर, पनि प्रहरीले घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन।

शव फेला परेको दिनदेखि निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। तर, प्रहरीसँग ठोस परिणाम हात पर्न सकेको छैन्। अनुसन्धानका क्रममा हात परेका प्रमाणले हत्यारा सार्वजनिक गर्न पर्याप्त नभएको प्रहरीको दाबी छ।


३० भदौ २०७८, बुधवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु