punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमा ४३ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिमा ४३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर ९ सय ४७ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा ८१ जनाको नमुना परीक्षण गर्दा २० जना, महाकाली अस्पतालमा ६ जनाको नमुना परीक्षण गर्दा १ जना, डडेल्धुरा अस्पतालमा १३ जनाको नमुना परीक्षण गर्दा ४ जना र बैतडी अस्पतालमा २४ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यस्तै एन्टिजेन बिधिबाट ८ सय २३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। सोमवार प्रदेशभर ७ जनाले कोरोना जितेर घर फर्किएका छन्।


२१ भदौ २०७८, सोमवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु