punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काभ्रेमा आएर चुनाव लड्न माधव नेपाललाई गोकुल बास्कोटाको निम्तो

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई काभ्रेमा आफूसँग चुनाव लडन चुनौती दिएका छन्।

बनेपामा शनिबार आयोजित एमाले काभ्रेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बाँस्कोटाले नेपाललाई चुनौती दिएका हुन्।चुनावको खालमा बसेका कांग्रेस–एमाले नै हुन्, अरू सबै च्याखे दाउ हुन्, उनले भने, नेकपा एकीकृत समाजवादी दललाई काभ्रेमा जमानत जफत गराइदिने छौँ।

बास्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरबहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नराख्ने बताए।

प्रदेशसभामा एमालेबाट जितेर नेकपा नेकपा एकीकृत समाजवादी लागेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईँलाई अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन पनि उनले चुनौती दिए।

बास्कोटाले काभ्रेमा विकासको बाहक एमालेलाई काभ्रेमा कसैले हराउन नसक्ने बताउँदै एमालेसँग प्रतिस्पर्धा गर्नेहरु कोल्याप्स भएर जाने जिकिर गरे।


१९ भदौ २०७८, शनिवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु