punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम आचार्य र अष्टलक्ष्मी हामीसँग नआए सरकार ढल्छ : रामकुमारी झाँक्री

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमार झाँक्रीले प्रदेश एक प्रदेश र बागमती प्रदेशका मुख्य मन्त्री आफूहरुको पार्टीमा नआए सरकार ढालिदिने बताएकी छन्

उनीहरु दुवैजना एकीकृत समाजवादीमा नआएमा विश्वासको मत नदिने पनि उनले बताएकी छन्। सुनसरीको इनरुवा जाने क्रममा शनिबार बिहान विराटनगर विमानस्थलमा कुरा गर्दै नेता उनले आफ्नो पार्टीमा नआए दुवैलाई विश्वास नदिने उल्लेख गरिन्।

उहाँहरु दुवैजना हाम्रो पार्टीमा नआएमा सरकार ढल्छ। उहाँहरु यता नआउँदा विश्वासको मत लिनुपर्छु, उनले भनिन्, उहाँहरुको सरकार अल्पमतमा परिसकेको छ। उहाँहरु यता नआएमा हामीले विश्वासको मत दिने कुरा हुँदैन, त्यसैले सरकार ढल्छ।

उनले एमाले फुटाएर नयाँ पार्टी बनाउने क्रममा छाडेका दोस्रो पुस्ताका नेतालाई पनि स्वार्थी भनिन्।केही स्वार्थीहरुले देखेर नयाँ पार्टी दर्ता गरेका होइनौँ, उनले भनिनन्, ुपार्टी दर्ता गर्दा साथ नदिएर छाडेर जानेहरु स्वार्थी हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको अन्तरसंघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरु अन्तिममा एमालेमै फर्किएका थिए।नेताहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टसहित अहिले एमालेमा छन्। उनले उनीहरुलाई स्वार्थीको संज्ञा दिएकी हुन्।


१९ भदौ २०७८, शनिवार १५:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु