प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ
कैलालीबाट प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ परेको छन्। हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा प्रहरी बनाइदिन्छु भन्ने बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनले ठगी गरेको भेटिएपछि उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट खटेको टोलीले बुधबार धनगढीको चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार रकम मागेका थिए । साथै सिंहले रकम नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहमाथि ठगी शीर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
१७ भदौ २०७८, बिहीवार १८:१४ बजे प्रकाशित













