punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते

Chaupati
safha napa

धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा ३ ख ५६२३ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित हुँदा रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किएको अध्यक्ष तिमल्सेनाले बताए ।

दुर्घटनामा घाइते भएकामध्ये गम्भीर ४ जनालाई गाउँपालिकाले हेलिकप्टरमार्फत काठमाडौं पठाएको र थप १२ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको गाउँपालिकाले जनाएको छ ।


१४ भदौ २०७८, सोमवार १४:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु