punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा छाडा पुशचौपायासहितको र्‍याली

Chaupati
safha napa

कैलाली र कञ्चनपुरमा छाडा पुशचौपायाले गर्दा किसानलाई बारीको बाली जोगाउन धौधौ छ। स्थानीय सरकारलाई छाडा पशुचौपाया नियन्त्रणका लागि लामो समय देखि दबाब दिँदै आएका छन्।

शुक्रबार फरक खालको स्थानीयहरुले प्रदर्शन गरेका छन्। कैलालीको अत्तरियामा पशु चौपायासहित प्रदर्शन गरेको हो। प्रदर्शनको अगुवाई सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था थ्रिडिभिएल क्रियशनले गरेको थियो।

सांकेतिक आन्दोलनस्वरूप पशु चौपायासहितको प्रदर्शन गरिएको संस्थाका अध्यक्ष दिपक ओझाले बताए।‘किसानहरुले लगाएको खेतीबाली छाडा चौपायाले नष्ट गरिरहेका छन्’, उनले भने ‘छाडा चौपायाको व्यवस्थापन गर्न नसक्दा खेतीकै भरमा बाँचेका किसानको परिवारले भोकै पेट बस्नुपर्ने अवस्था आउने अवस्था छ, सरोकारवाला निकायको ध्यानकर्षणका लागि नै छाडा चौपायासहितको र्‍यालीको आयोजना गरेका हो।’

उनले स्थानीय तहहरुले चुनावी नारामा मुख्य प्राथमिकतामा राखेको छाडा पशु चौपाया हटाउने कुरा नारामै सीमित भएको बताए।विभिन्न ठाउँमा गौशाला निर्माण गरिएको भए पनि छाडा पशु चौपाय नियन्त्रण हुन सकेको अवस्था छैन।

‘बजारमा छाडा पशु चौपायाको विकराल छ, स्थानीय किसान अर्जुन रावलले भने, ‘स्थानीय सरकारले छाडा चौपाया व्यवस्थापनका लागि गरेको बजेट विनियोजन बालुवामा पानी खन्याएसरह भएको छ ।’

र्‍याली प्रदर्शनमा सहभागी संस्थाका पदाधिकारी एवम् स्थानीयहरुले छाडा पशु चौपायामाथिको राजनीतिक द्वन्द्व बन्द गर, छाडा पशुचौपाया नियन्त्रण गर, राष्ट्रिय जनावर गाईको रक्षा गर, सनातन धर्ममाथिको प्रहार बन्द गर, गौशाला निर्माण गर, सडक दुर्घटना कमी गर लगायतका नाराहरु लगाएका थिए।

स्थानीय पालिकाहरुले छाडा चौपायाको व्यवस्थापनका लागि लाखौं रकम खर्च गरेपनि त्यसको उचित व्यवस्थापन भने हुन सकेको छैन। रातिको समयमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले छाडा चौपायाको घाँटीमा रिफ्लेक्टीभ बेल्ट लगाएको थियो।


११ भदौ २०७८, शुक्रवार १८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु