कैलालीमा निषेधाज्ञा लम्बियो
कैलालीमा जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले कैलाली प्रशासनले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । यस अघि जारी गरेको निषेधाज्ञा बिहीबार ती १२ बजे सकिदै छ ।

१० भदौ २०७८, बिहीवार १८:२१ बजे प्रकाशित













