punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बार्सिलोनाको विजयी सुरुवात

Chaupati
safha napa

बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रियल सोसीडाडलाई ४(२ ले हराएको हो ।

आफ्ना स्टार फर्वाड लियोनेल मेसीलाई यसै सिजन फ्रि ट्रान्सफरमा गुमाएको बार्सिलोनाले डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल तथा पिके र रोबर्टोको समान एकरएक गोलमा विजयी सुरूवात गर्न सफल भयो ।

जेरार्ड पिकेले १९औं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिला । पहिलो हाफको इन्ज्युरी समयमा ब्रेथवेटले टीमको अग्रता दोब्बर बनाए । ब्रेथवेटले नै ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना सहज अवस्थामा पुगेको थियो ।

८२औं मिनेटमा लोबेटेले गोल गर्दै सोसीडाडलाई खेलमा फर्काउने प्रयास गरे । तीन मिनेटपछि नै मिकेल ओयाराज्बालले गोल गर्दै बार्सिलोनासँगको अग्रता घटाए । तर इन्जुरी समयको दोस्रो मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरेका थिए ।


३२ साउन २०७८, सोमवार ०९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु