punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनसुन सक्रिय रहेकाले अझै केही दिन पानी पर्ने

Chaupati
safha napa

तराईका केही जिल्लामा अहिले पानी परिरहेको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।प्रदेश–१, प्रदेश–२ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एकरदुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिए । यस्तै, आज वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि सामान्य पानी पर्ने छ ।

देशका अन्य क्षेत्रमा पानी परे पनि मनसुनी न्यूनचापीय रेखाको प्रभाव कम पर्दा काठमाण्डौमा ठूलो पानी परेको छैन । तर बर्खाको समय भएकाले पानी पर्ने सम्भावना भने रहेको मौसमविद्ले बताएका छन् । अझै एकरदुई दिन मनसुन सक्रिय रहने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ ।


३२ साउन २०७८, सोमवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु