punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका दुई पत्रकार सेनाद्वारा सम्मानित

Chaupati
safha napa

कञ्चनपुरका दुई पत्रकारलाई नेपाली सेनाले सम्मान गरेको छ ।पत्रकार चित्राङ्ग थापा र शेर बहादुर सिहलाई नेपाली सेनाले सम्मान गरेको हो । उनीहरुलाई सेनाले प्रधान सेनापति प्रसंसा निसानीद्वारा सम्मान गरेको छ ।

कान्तिपुर दैनिक सुदूरपश्चिम प्रदेशका संयोजक पत्रकार थापा र राष्ट्रिय समाचार समितिका कञ्चनपुर प्रमुख सिहलाई सेना र नागरिकविचको सम्बन्धमा भूमिका निर्वाह गरेको भन्दै निसानीबाट सम्मान गरिएको सेनाले जनाएको छ ।शुक्रबार एक कार्यक्रमका विच २५ नम्बर बाहिनीका बाहनीपति कृष्ण बहादुर जिसीले निसानी छाप हस्तान्तरण गरेका छन ।

सेनाले पत्रकार थापा र सिहले सेनाका गतिबिधी नागरिक सामु र नागरिक सेनाविच सम्बन्ध प्रगाढमा उच्च भूमिका निर्वाह गरेकाले गैर सैनिक अन्र्तरगत निसानी छापबाट सम्मान गरिएको जनाएको छ ।नेपाली सेनाले सेना भित्र र गैर सैनिकलाई हरेक बर्ष निसानी छापबाट सम्मान गर्दै आएको छ ।


२९ साउन २०७८, शुक्रवार १५:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु