punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जानकी गाउँपालिकाका सबै वडामा स्वास्थ्य संस्था, विपन्न समुदाय खुसी

Chaupati
safha napa

टीकापुर : कैलालीको जानकी गाउँपालिकाले पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापनामा जोड दिएको छ। गाउँपालिकाका वडा नम्बर २ र ५ मा मात्रै स्वास्थ्य संस्था स्थापना हुन बाँकी छन्। स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले वडा नम्बर २ र ५ का भवन यही साउन मसान्तसम्म सम्पन्न हुने जानकारी दिए।

“अहिले पालिकामा स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ,” उनले भने, “घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्य हो। त्यहीअनुरुप काम गरिरहेका छौँ। स्वास्थ्य नागरिकको पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।” गाउँपालिकामा स्वास्थ्यचौकीको सङ्ख्या चार, सामुदायिक स्वास्थ्य एकाइ एक, आधारभूत स्वास्थ्य केन्द्र तीन स्थापना भइसकेका छन्।

गत सातामात्रै जानकी–९ बक्लौहवामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको थियो। भवनमा प्रसूति गृह, उपचार कक्ष छन्। गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले नागरिकमा आधारभूत स्वास्थ्य सेवामा पहुँच हुने बताए। “गाउँपालिकामा स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि सारेका छौँ,” उनले भने, “नागरिकलाई आवश्यक स्वास्थ्य सेवा स्थानीयस्तरमै दिने उद्देश्य हो। सामान्य बिरामी हुँदा पनि उपचारका लागि बाहिर जान नपरोस्।”

उपाध्यक्ष उमा महतोले प्रसूतिगृह निर्माण भएकाले प्रसूति सेवा गाउँमै पाउने बताइन्। “प्रसूति सेवा लिन टीकापुर अस्पताल वा अन्य स्वास्थ्यचौकी जाने गरेका थिए,” उनले भनिन्, “अब तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गाउँमै सेवा पाउँछन्।”

जानकी–९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले गाउँमै सेवा पाएपछि स्थानीयवासी खुसी भएका बताए। “विगतमा स्वास्थ्य सेव लिन टाढा पथरैया स्वास्थ्यचौकी वा टीकापुर अस्पताल जानुपर्ने बाध्यता थियो, अब नागरिकले गाउँमै उपचार पाउँछन्,” उनले भने, “स्वास्थ्य पहिलो आधार हो। हामीले स्वास्थ्यलाई प्राथमिकता दिएर आउँदा दिनमा पनि काम गर्नेछौँ।”

कैलालीका अन्य पालिकाले पनि गाउँगाउँमा स्वास्थ्य संस्था स्थापनालाई प्राथमिकता दिएर काम गरिरहेका छन्। टीकापुर नगरपालिकाले गत वर्ष नै सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ। “हामीले सबै वडामा आफ्नै भवनसहितका स्वास्थ्य संस्था स्थापना गरेका छौँ, नागरिक जटिल समस्या वा विशेषज्ञको सेवा लिनमात्र टीकापुर अस्पताल आउने गरेका छन्,” स्वास्थ्य शाखा संयोजक रावलले भने, “आउँदा दिनमा थप पूर्वाधार र जनशक्तिको व्यवस्था गरी थप सेवा विस्तार गर्ने योजना छ।”

भजनी र जोशीपुर गाउँपालिकाले पनि वडास्तरमा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिएका छन्। अझ कोरोना महामारीपछि स्थानीय तहले स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन्।


२६ साउन २०७८, मंगलवार ११:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु